हत्या आरोपी काँग्रेस सांसद आलम पदबाट निलम्बित

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हत्या आरोपी काँग्रेस सांसद आलम पदबाट निलम्बित

Share

नारीकोसिस डटकम/असोज २८, काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।

संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

तपाईको प्रतिक्रिया