राष्ट्रपति भण्डारी बुधावार म्यानमार जाने

नारीकोसिस डटकम/असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधावार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमन्त्रणामा जान लागेकी हुन् ।
पाँच दिने सो भ्रमणमा उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् ।



तपाईको प्रतिक्रिया