मकवानपुरमा बन्चरो प्रहारबाट एक महिलाको मृत्यु

नारीकोसिस डटकम/असोज ३०, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा झगडा हुँदा एक व्यक्तिले बञ्चरो प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।
जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको मकवापुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले रातोपाटीलाई जानकारी दिनुभयो।
उहाँका अनुसार पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।
पाख्रिनले प्रहार गरेको बञ्चरोबाट सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान पनि घाइते भएका छन् । घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
सन्तमायाको हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया