सांसद आलममाथि थप दुई मुद्दा दर्ता, थप ५ दिन थुनामा राख्न अनुमति

नारीकोसिस डटकम कात्तिक ३, रौतहट । बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ ।
पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
सांसद आलममाथि थप दुई दर्ता हुने भएको छ ।
सरकारी वकिल कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जिवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ ।
घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया