आलमको त्रासमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आलमको त्रासमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं

Share

नारीकोसिस डटकम/कात्तिक ४, काठमाडौं । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाउनुभएका श्रीनारायण भन्नुहुन्छ, ‘यतिका वर्ष अनेकन् दबाब र धम्की सहेर न्यायका निम्ती लड्यौ । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया