फेरी घट्यो सुनको मूल्य, तोलामा कति घट्यो ?

नारीकोसिस डटकम/कात्तिक ५, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


तपाईको प्रतिक्रिया