तिहारको भाइमसलाः स्वास्थ्यको दृष्टिकोणले कति लाभदायिक छ ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तिहारको भाइमसलाः स्वास्थ्यको दृष्टिकोणले कति लाभदायिक छ ?

Share

नारीकोसिस डटमकम । हिन्दु नेपालीहरुको दोस्रो पर्वको रुपमा मानिने तिहार नजिकिदै छ । तिहारमा विशेष गरी मिठो–मिठो परिकार खाने पर्वको रुपमा पनि चिनिन्छ । त्यसैले यसको विशेष महत्व हुन्छ । विभिन्न परिकारहरुमध्ये दिदीविहीनीहरुले आफ्ना दाजू–भाइलार्ई टिका लगाई भाइमसला दिने गरिन्छ । जसमा काजु बदाम, किसमिस, पेस्ता, ओखर, मखना छोकडा इत्यादि मिसाई बनाइएको हुन्छ ।

यी खानेकुराहरुले हाम्रो स्वास्थ्यमा के कस्तो फाईदा गर्छ त ?

काजुः हल्का गुलियो र नरम स्वादको काजुमा भिटामिन (इ) पर्याप्त मात्रामा पाइन्छ । विशेषज्ञहरुका अनुसार काजुमा एन्टि (एजिङ तत्व पाईन्छ, जुन तपाइर्ंको स्वास्थको साथै छालाको लागि पनि धेरै फाइदाजनक सिद्ध हुन्छ । काजुको नियमित सेवन गर्नाले छाला चम्किलो हुन्छ र अनुहार उमेरभन्दा कम जस्तो देखिन्छ ।

बदामः बदाम बिहान ४५ वटा बदाम खाने गर्नाले बिभिन्न किसिमको रोगहरुबाट मुक्ति मिल्छ ।

किसमिसः किसमिसलाई क्याल्सियम र फाइबरको एउटा राम्रो स्रोत मानिन्छ । यसलाई हरेक दिन सेवन गर्नाले शरीरको हड्डिहरु बलियो हुनुको साथै यसको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक किससिम खानाले एनिमिया, दाँतमा हुने क्याविटी र किड्नीको पत्थरी पनि हुँदैन । यसमा ग्लूकोज र प्रmक्टोज पाइन्छ, जसले शरीरलाई उर्जा प्रदान गर्छ । दुब्ला (पातला व्यक्तिहरुका लागि किसमिस सेवन गर्नु अति नै फाइदाजनक हुन्छ ।

पेस्ताः पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ । यसमा म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन(बी जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । पेस्ताले शरीरको कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईको रक्षा गर्छ ।

ओखरः ओखरको आकारलाई ध्यान दिएर हेर्ने हो भने यो ठीक मनुष्यको मस्तिष्कको आकार जस्तो हुन्छ । ओखरको नियमित सेवनले मस्तिष्कलाई फाइदा पुग्छ । यसको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेज चल्छ ।

मखनाः मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन् । मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ । राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।

छोकडाः छोकडाको सेवनले शरीरमा धेरै फाइदा हुन्छ । यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ । त्यस्तै खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले खोकी निको हुन्छ ।

यसरी भिन्दा(भिन्दै प्रकारका मसला ९ड्राइ फ्रुट्स ०खानाले हाम्रो शरीरमा बिभिन्न प्रकारको फाइदाहरु प्राप्त हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै मसला सेवन गर्नु स्वस्थ्यकर हुन्छ । यदि तपाईंलाई ब्लड प्रेसर अथवा अन्य कुनै स्वास्थ समस्या छ भने यसको सेवन डाक्टरको सल्लाह बमोजिम गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया