यी बानी बसाउनाले वैवाहिक जीवनमा सुमधुरता थप्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
यी बानी बसाउनाले  वैवाहिक जीवनमा सुमधुरता थप्छ

Share

वैवाहिक जीवनमा राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम स्वर्ग जस्तो हुन्छ ।साथै पत्नीसँगै पतिको पनि स्वभाव राम्रो भयो भने स्त्रीको जीवन एकदमै राम्रो हुन्छ । तर कतिपय महिलाहरूको स्वभाव यस्तो हुन्छ,कि जसले एक अर्काको सम्बन्धमा विभिन्न वाधा अर्चन आउन थाल्दछ । त्यसैले स्त्रीहरूले यो स्वभावमा परिवर्तन ल्याउनु पर्दछ ।

आफ्नो पतिलाई सकारात्मक रुपमा हेर्ने

कुनै पत्नीहरू पति आफ्नो मात्रै हो र उसको अरुसँग कुनै सम्बन्ध नहोस् भन्ने चाहन्न्छन् । पत्नीको यस्तो स्वभावको कारणले गर्दा पुरुषको जीवनलाई सङ्कटमा परिदिन्छ । यस प्रकारको स्वार्थी सोचले हरेक पुरुषले आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइबाट टाढा हुन बाध्य हुन्छन‍् । त्यसैले यो साघुरो सोचको फराकिलो रुपमा बदल्दै सकारात्मक सोचको विकास गर्ने ।

मिठो वचन बोल्ने

वैवाहिक जीवनमा चर्को र नराम्रो बोलीले सम्बन्धमा दरार पैदा गर्दछ । संसार प्रेमको मिठो बाणीकोे भोको छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

पैसालाई मात्र नमहत्त्व दिने

कतिपय महिला यस्तो हुन्छ कि आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने चाहन्छन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। त्यसैले महिलाहरूले आफ्नो यो स्वभाव हटाउनु पर्दछ।

सानोतिनो कुरामा सामान्य बनाउने

सानोतिनो कुरामा पनि किचकिच गर्ने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकचले गर्दा पुरुषको मनोबल घट्नुको साथै पुरुषको जीवन निराश पूर्ण हुँदै जान्छ । उनिहरुको ब्यबहारीक जिवनको पाटोलाई बुझेर सहयोगी भूमिका निर्वार्हा गर्ने ।

कामका  अनावश्यक बाधा नपुर्याउने 

कोही महिलाहरू पुरुषले गर्ने हरेक काममा रोक छेक गर्ने स्वभावको हुन्छ । यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता समाप्त हुन्छ । जसले गर्दा स्वतन्त्रताविनाको जीवन सधैँ कठपुतली जस्तै हुन्छ। स्वतन्त्रतामा बाच्न दिने र स्वभाव अनुसारको काम गर्ने ।

आमाले छोराछोरीलाई दिएजस्तै निस्वार्थको प्रेमदिने र आफना जिम्बेवारीलाई उपयुक्त ढंगले निभाउने ।

तपाईको प्रतिक्रिया