कतै यसकारण त टुटिरहेको छैन तपाईको सम्बन्ध ?

एजेन्सी। सम्बन्ध जोड्नु ठूलो विषय होइन त्यसलाई निरन्तर दिन सक्नु ठूलो कुरा हो । धेरै सम्बन्धहरु व्यस्त जीवनशैलीका कारण पनि टुट्ने गरेका छन् । हुन त सम्बन्ध टुट्नुको पनि आ–आफ्नैकारण हुन्छ तर आधुनिक व्यस्त जीवनशैलीका कारण पनि सम्बन्धलाई सुमधर बनाईराख्न मुश्किल छ । त्यसैले सम्बन्ध टिकाइराख्न धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
सम्बन्धमा चिसोपना आउनुले दुवैजनाको जीन्दगीमा निकै असर पर्ने गर्छ । त्यसैले सम्बन्ध गाँसिएपछि टुट्न नदिन के गर्नुपर्छ भन्ने कुराहरुमा ध्यान दिनुपर्छ ।
व्यस्त जीवनशैली
स्वस्थ रुपमा व्यस्त रहनु राम्रो कुरा हो तर कहिलेकाही त्यही व्यस्तता तपाईकोे लागि बैवाहकि सम्बन्धमा नराम्रो पनि बन्न सक्छ । आफ्नो कामलाई प्राथमिकता दिने तर सम्बन्धलाई धेरै ख्याल नगर्दा सम्बन्ध टुट्न सक्छ ।
नयाँ ठाउँ
नयाँ ठाउँमा आफ्नो पार्टनरलाई नलानले पनि सम्बन्ध टुट्ने कारण हुनसक्छ । नयाँ ठाउँ घुम्दा आफ्नो नजिकको मान्छे र परिवारलाई भुल्ने बानीले पनि सम्बन्धमा दरार पैदा गर्न सक्छ ।
अनलाइन हुँदा पनि वेवास्ता गर्नु
इन्टरनेटको पहुँचमा भएको समयमा पनि आफ्नो पार्टनरलाई समय दिनुहुँभएको छैन वा बेवास्ता गर्नुहुन्छ भने त्यसले सम्बन्धमा नराम्रो असर पार्न सक्छ ।
प्रतिक्रिया जनाउनु जरुरी
यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र एक अर्काको कुरामा प्रतिक्रिया जनाउनु हुँदैन भने तपाईंको सम्बन्धमा चिसोपना आउँन थाल्छ ।
फैसलाको कदर
एक अर्काको फैसलाको कदर नगर्ने र मनोमानी गर्ने बानीले सम्बन्धलाई कहिल्यै उचाई दिँदैन । एक अर्काको भावनाको कदर गर्दै अगाडि नबढ्दा सम्बन्धमा चिसोपना आउँदै जान्छ ।
तपाईको प्रतिक्रिया