वैवाहिक सम्बन्ध सुमधुर बनाउन महिलाहरुले सुधार्नुपर्ने स्वभावहरु……..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
वैवाहिक सम्बन्ध सुमधुर बनाउन महिलाहरुले सुधार्नुपर्ने स्वभावहरु……..

Share

नारीकोसिस डटकम । वैवाहिक जीवन पुरुषका लागि भन्दा महिलाहरुका लागि महत्वपूर्ण हुन्छ । किनकि एउटी महिलाले आफ्नो जन्मघरको सम्पूर्णता त्यगेर नयाँ घर तथा नयाँ जीवनको सुरुत गरेको हुन्छ । त्यसैले वैवाहकि सम्बन्ध सुमधुर बनाउन महिलाहरु सदैव प्रयासरत हुन्छन् । तर कहिलेकाहि कुनै कुराको जानकारी नहुदा वा स–साना कुरामा ध्यान नदिदा वैवाहिक सम्बन्धमा दरार आउन सक्ने सम्भावना रहन्छ । त्यसैले आफ्नो वैवाहिक सम्बन्ध राम्रो होस् र सुमधुर बनाईराख्नका निमित्त महिलाहरुले केही आफ्ना स्वभावमा परिवर्तन गरेमा सदैव वैवाहिक जीवन राम्रो हुन मद्दत गर्नेछ ।

श्रीमानलाई आफ्नो बनाउने: कुनै श्रीमतिहरू श्रीमान आफ्नो मात्रै हो र उसको अरुसँग कुनै सम्बन्ध नहोस् भन्ने चाहन्न्छन् । श्रीमतिको यस्तो स्वभाव पुरुषको व्यक्तिगत तथा सामाजिक जीवनमा वाधा पुग्न सक्छ। साथै यस प्रकारको एकलौटी स्वभाव हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइबाट टाढा हुनपर्ने बाध्य हुन्छ ।
त्यसैले यस स्वभावप्रति महिलाहरु सचेत हुने ।

नमिठो वचन बोल्ने: कहिलेकाँही चित्त नवुझेको कुरामा चर्को र नराम्रो बोलीले सम्बन्धमा दरार पैदा गर्न सक्छ । जीवनका हरेक पलहरु निकै मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ । तयसैले आफूले वोलिने भाषामा पनि ख्याल गर्दा राम्रो हुन्छ ।

पैसालाई मात्र महत्त्व दिने: कोही पनि महिलाहरु आफ्ना श्रीमान नकमाउने, अपरा होस् भन्ने चाहदैनन् । त्यसैले आर्थिक रुपमा अवल हुनका निमित्त प्रेसर दिनु स्वभाविक हो । तर पैसालाई मात्र महत्व नदिने । श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने चाहन नराख्ने । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ।

किच किच गर्ने: सानोतिनो कुरामा भरसक किचकिच नगर्ने । किचकिच गर्ने स्वभाव प्राय पुरुषहरुलाई मन पर्दैन । दिनहुँको गनगन कचकच ले गर्दा पुरुषको मनोबल घट्नुको साथै पुरुषको जीवन निराशपूर्ण हुँदै जान्छ ।

रोकछेक गर्ने स्वभाव: कोही महिलाहरू पुरुषले गर्ने हरेक काममा रोक छेक गर्ने स्वभावको हुन्छ । यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता समाप्त हुन्छ । जसले गर्दा स्वतन्त्रताविनाको जीवन सधैँ कठपुतली जस्तै हुन्छ। सकेसम्म उनीहरुलाई स्वतन्त्र छोडिदिनुपर्दछ ।

तपाईको प्रतिक्रिया