डा. केसीलाई हेलिकोप्टरमार्फत राजधानी पुर्याउने योजना असफल

नारीकोसिस डटकम कात्तिक २६, डडेल्धुरा । डडेल्धुराबाट आठदिनदेखि अनशनमा रहनुभएका डा. गोविन्द केसीलाई काठमाडौं लैजान डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै काठमाडौं फर्किएको छ ।
अनशनको सातौँ दिन आइतबारसम्म डा. केसीको स्वास्थ्यबारे सामान्य सोधनीसमेत नगरेको सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो ।
तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न अस्वीकार गर्नुभएपछि उहाँलाई लिन पुगेका सेनासहितको हेलिकोप्टर रित्तै फर्किएको हो ।
सरकारले आफ्ना माग पूरा नगरुन्जेल डडेल्धुरा नछोड्ने र बरु सत्याग्रहकै क्रममा मृत्युवरण गर्न आफू तयार भएको डा. केसीले बताउनुभयो।
डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा हुनुहुन्छ । डा. केसीको यो १७ औं पटक अनसन हो ।
https://narikosis.com/news/7714/