कोहलपुर नगरपालिका ‘सडक मानवमुक्त नगर’ घोषणा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कोहलपुर नगरपालिका ‘सडक मानवमुक्त नगर’ घोषणा

Share

नारीकोसिस डटकम/कात्तिक २६, बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर’ घोषणा गरीएको छ।

नीलसागर जेष्ठ नागरिक सेवा आश्रम, नेपालगञ्जको समन्वय तथा सहजीकरणमा कोहलपुर नगरपालिकालाई सोमबार सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

नगरपालिका क्षेत्रभित्रका सडकमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा मनोसामाजिक अवस्थाका मानिस नदेखिएकाले सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको सोही नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावत रावतले बताउनुभयो ।

त्यसै गरी नगर उपप्रमुख सञ्जु चौधरीले बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त नगर घोषणा भए पनि यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउनुभयो। कोहलपुर नगरभित्र रहेका ७५ भन्दा बढी अभिभावकविहीन, सडकमा बसिरहेका बालबालिका तथा जेष्ठ नागरिकलाई नीलसागर सेवा आश्रममा राखिएपछि एक कार्यक्रमबीच सडक मानवमुक्त नगर घोषणा गरिएको हो।

यसअघि कात्तिक २० मा बाँकेको खजुरा गाउँपालिकालाई देशकै पहिलो सडक मानवमुक्त गाँउपालिका घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया