तपाईको बच्चा जिद्दी स्वभावको छ ? छ भने सुधार्न अपनाउनुस् यी ५ तरिका

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तपाईको बच्चा जिद्दी स्वभावको छ ? छ भने सुधार्न अपनाउनुस् यी ५ तरिका

Share

नारीकोसिस डटकम । सन्तानको पहिलो सिकाई भनेको घर हो । र घरमा विशेष गुरुको भूमिको रुपमा आमा–बुवा हुन् । हरेक अभिभावक आफ्ना सन्तान आज्ञाकारी हुन् र सफल बनुन् भन्ने चाहाना राख्दछन् ।

प्रत्येक आमाबुवा चाहान्छन्, बच्चाहरुमा राम्रो संस्कार होस् । तर आधुनिक प्रविधिको विकास र आधुनिक जीवनशैलीक कारण सन्तान्तलाई समय दिन नपाउदा पनि उनीहरुमा नरकारात्मक स्वभावहरु विकास हुँदै जान सक्छ । त्यसैले उनीहरुलाई भरपुर समय दिन जरुरी छ । सन्तानका नकारात्मक स्वाभावका कारण धेरै आमाबुवाहरुले आफन्त तथा छरछिमेकबाट गाली खाने स्थितिसम्म हुने गर्छ ।

त्यसैले आफ्नो बच्चा जिद्दी हुँदै गएको भने वा स्वभाव परीवर्तन हुँदै गएको छ भने यी टिप्सलाई पालना गर्नुहोस्, केही हदसम्म तपाईका लागी उपयोगी हुन सक्छ ।

१. नपिट्नुस्
यदि तपाईको बच्चाले तपाईको आज्ञा पालना गरेन, चकचक गर्यो वा जिद्दी हुन थाल्यो भने पनि नपिट्नुहोस् । पिटेर बच्चा सुध्रिदैनन्, बरु उल्टै यसले बच्चाको मानसिकताम खराब असर पार्दछ । बच्चाको मनमा जे गरेपनि पिटाई खाइन्छ भन्ने मानसिकता बस्छ र उ झन् जिद्दी हुन थाल्छ । त्यसैले बरु बच्चा तह लाउन भनेर पिट्न छाड्नुस् ।

२. उनीहरुको साथी बन्नुहोस्
बच्चाको मन कोमल हुन्छ, त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाइयो भने उसले हरेक कुरा सहज रुपमा बुझ्दछ । कुनै कुरा बुझाउने नाममा ठूलो स्वर गरेर धम्काएर उसलाई कन्ट्रोलमा राख्न नखोज्नुहोस् । जिज्ञासु स्वभावका बच्चा नियन्त्रण गर्न उसको साथी बन्न आवश्यक छ । बच्चाको कुरा सुन्ने र आफ्नो कुरा समेत बच्चालाई सुन्न प्रेरित गर्नुपर्छ ।

३. इच्छा बुझ्नुहोस्
बच्चाको मन कौतुहलता र चञ्चलताले भरीएको हुन्छ । उनीहरुलाई झिलिमिलि खोल भएका सामाग्री मन पराउछन् । त्यसैले आफ्नो बच्चालाई के मन पर्छ भनेर बुझ्न आवश्यक छ । उसले खेल्न मन गरेको समयमा आफुसमेत लागेर खेल्नुपर्दछ । खेल खेल्दा खेल्दै ज्ञान सिकाउन समेत सकिन्छ । यसले गर्दा तपाईको बच्चादले तपाईको कुरा निकटबाट सुन्दछ र बिस्तारै उसको जिद्दीपना कम हुँदै जान्छ ।

४. सही शारीरिक भाषा
केही बच्चाहरु जति माया गरेर सम्झाए पनि कुरा नबुझ्ने बन्दै गएका हुन्छन् उनीहरुको जिद्दीपना यति हदसम्म बढ्छ कि सामान फ्याक्ने भुईमा सुत्ने समेत गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई सम्झाउने भन्दा केहि बेर एक्लै छाड्नु प्रभावकारी हुनसक्छ । यसो गर्नाले आमाबुवाले गल्ति गरे सजाय पनि दिन सक्छन् भन्ने बच्चाको मानसिकतामा पर्न सक्छ ।

५.फकाउनुहोस्
यदि तपाईको बच्चाले गलत गर्यो वा भनेको मानेन भने त्यसको हानि बारे उसलाई फकाएर सम्झाउनुहोस् । जिद्दी गर्ने बच्चा प्रति आँखा तर्नु गालि गर्ने वा पिट्नु भन्दा सबैभन्दा उत्तम उपाय भनेको फकाएर सम्झाउनु हो । साथै बच्चालाई अरु कोहिसंग तुलना नगर्नुहोस् । उसकै अगाडिका राम्रा बानिलाई उदाहरण दिनुहोस् । यसो गर्नााले बच्चा तपाई निकट हुन्छ र उसको जिद्दीपना नियन्त्रण हुँदै जानेछ ।

तपाईको प्रतिक्रिया