काेसिस मल्टीमीडिया औपचारिक रूपमा सञ्चालन

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
काेसिस मल्टीमीडिया औपचारिक रूपमा सञ्चालन

Share

भाद्र–१८, काठमाडौ । महिला तथा वालवालिकाहरुको क्षमता विकासको लागि स्थापना गरिएको कोसिस मल्टिमिडिया प्रा.लि.  आईताबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । आफ्नौ कार्यलय गोठटारमा कार्यक्रमको उद्घाटन कागेश्वोरी मनोहरा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णहरि थापाले उदघाटन गर्नुभएको हो । मियेर थापाले बधाई तथा शुभकाना व्यक्त गर्दै संस्था जन्माउनु मात्र ठुलो होईन त्यसलाई निरन्तरता दिन सक्नु महत्वपूर्ण रहेको र यस संस्था निरन्तर सञ्चालनको लागि आग्रह गर्नुभयो । नगरपालिकाअन्र्तगत कुनै कार्ययोजनाहरु ल्याएमा संस्थालाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यसै गरी कार्यक्रमका विषेश अतिथि तथा कागेश्वरी नगरपालिकाका उपमेयर विन्दु सिंखडाले महिलाहरुका लागि सकारात्मक सूचना प्रवाह गरी उनीहरुको क्षमता विकासमा टेवा पु¥याउने उद्देश्यले खोलिएको मल्टिमिडियाप्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

कोसिस मल्टिमिडियाले विभिन्न किसिमका क्षमतामूलक तालिमहरु सञ्चालन गरीे व्यक्तिको क्षमताको विकास गराउदै आत्मा निर्भताको बाटो तर्फ उन्मुख गराउने, संस्थाले आयोजन गर्ने विभिन्न किसिमका सामाजिक गतिविधिहरुमा सहभागी गराई समाज प्रतिको दायित्ववोध गराउनेछ ।

त्यसै गरी, यसको अर्को उद्देश्य भित्र रहेको narikosis.com र , अनलाईन न्युज पोट्रल ले महिलाहरुलाई सकारात्क सूचना प्रवाह गर्ने र उनीहरुले गरेका गतिविधिलाई समावेश गरी आफ्नो पहिचान बनाउन प्रोत्साहन गर्नु रहेको छ ।

अगामी दिनहरुमा पत्रकारिता तालिम संञ्चालन, टेलिभिजन वा यू ट्युव च्यानल मार्फत आफ्ना कार्यक्रमहरु पु्याउने, विभिन्न समसमायिक विषय वस्तुमा अन्तरक्रिया तथा सेमिनार, गोष्ठि संञ्चालन गर्ने, कला र संस्कृतिलार्ई जर्गेना गर्ने सास्कृतिक कार्यक्रमहरु संञ्चालन गर्ने र narikosis.com र , न्युज पोट्रल लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु्याउने लक्ष्य रहेको मल्टिमिडियाकी निर्देशक निर्मला सापकोटासन्जेलले बताईन् ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकका नौ नं. बडाका वडा अध्यक्ष कुन्दन खड्का, दिपश्री क्रियटिप मिडियाका निर्देशक दिपक लामिछाने अतिथिको रुपमा उपस्थित थिए । साथै विभिन्न संघसंस्थामा कार्यरत स्थानिय महिलाहरुको उपस्थित रहेको थिए ।

भिडियो:

तपाईको प्रतिक्रिया