लिखु र पञ्चकन्याः सामुहिक खेती प्रवर्द्धन कार्यक्रममाथि बृहत्त छलफल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लिखु र पञ्चकन्याः सामुहिक खेती प्रवर्द्धन कार्यक्रममाथि बृहत्त छलफल

Share

नारीकोसिस डटकम/मंसिर २, काठमाडौं । नुवाकोटको पूर्वी क्षेत्रमा अबस्थित लिखु र पञ्चकन्या गाउँपालिकामा सामुहिक खेती प्रवर्द्धन कार्यक्रम लागू गर्ने विषयमा बृहत्त छलफल भएको छ ।

सोे सामुहिक खेती प्रवर्द्धन कार्यक्रमको बारेमा सम्बन्धित क्षेत्रका नेतृत्व स्तरका बुझाइमा एक रुपता पैदा गर्ने उदेश्य अनुरुप सो प्रवर्द्धन कार्यक्रममाथि बृहत्त छलफल भएको हो ।

सोमवार काठमाडौंको बसुन्धरा स्थित दियालो फुडल्याण्डमा औपचारिक रुपमा वसेको सो समितिको प्रवर्द्धन कार्यक्रमबारे बृहत्त रुपमा छलफल बैठक राखिएको थियो ।

उक्त छलफल बैठकमा सामुहिक खेति प्रवर्द्धन कार्यक्रममा पूर्वमन्त्रीहरु डा.रामशरण महत, हित बाहदुर तामाङ, अर्जुन नर्सिङ केसी, ३न.प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कार्की लगायत अतिथिको रुपमा उपस्थित थिए ।

प्रवर्द्धन समितिका सदस्यहरुमा प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ , प्रदेश सांसद बद्री मैनाली, कल्पना नेपाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, लिखुगाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठ , कृषि अभियन्ता लालकुमार केसी रहेको छन् भने भने सदस्य सचिव सनोजकुमार महत रहेका छन् ।

बैठकमा सहभागी सबै नेतृत्व पंक्तिले प्रवर्द्धन समितिको कार्यक्रम त्यस क्षेत्रका कृषकहरुको लागि उपयुक्त र आवश्यकता अनुरुप रहेकोले कार्यन्वयन प्रक्रियामा अघि बढ्ने सो समितिको बैठकले निष्कर्ष निकालेको छ ।

कार्यक्रमको अध्यक्षता हित बाहदुर तामाङले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया