खाली पेटमा लसुन खाँदा फाइदै फाइदा……….

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खाली पेटमा लसुन खाँदा फाइदै फाइदा……….

Share

नारीकोसिस डटकम/मंसिर ५, काठमाडौं । लसुन विशेष गरी नियमित रूपमा तरकारीमा प्रयोग गरिन्छ । लसुन तरकारीको स्वाद र वास्ना बढाउनका लागि मात्र नभएर स्वास्थ्यमा फाइदा पुर्याउनका लागि निकै उपयोगी हुन्छ । लसुनमा भिटामिन बि १, बि ६, सी, मिनरल्सयुक्त पोषक पदार्थ तथा म्यागजिन, क्याल्सियम र कपर भरपुर मात्रामा हुन्छ ।

लसुन नियमित बिहान खाली पेटमा लसुन खानाले शरिरीलाई फाईदा गर्छ ।

लसुनले पेटको वायु कम पैदा गर्छ र ग्याष्ट्रिक हुन दिँदैन । लसुनले शरीरमा भएको बिकरलाई बाहिर निकाल्न मद्दत गर्ने हुँदा पेटसँग सम्बन्धित रोगहरू जस्तै झाडापखाला, कब्जियतको रोकथामका लागि सेवन निकै उपयोगी हुन्छ ।

पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राखी खानामा रुची पनि बढाउँछ । लसुनले स्वासप्रस्वाससँग सम्बन्धित रोगहरूको रोकथाममा पनि महत्वपूर्ण भूमिका निभाउँछ ।

यसको नियमित सेवनले रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरूका लागि प्राकृतिक औषधिको रूपमा काम गर्छ । लसुनले कोलेस्ट्रोल, उक्त रक्तछाप नियन्त्रण गर्नेदेखि लिएर दाँत तथा हड्डी समेत मजबुत बनाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया