सामूहिक बलात्कार गरी सामाजिक सञ्जालमा भिडियो राख्ने एक युवा पक्राउ

नारीकोसिस डटकम/मंसिर ८, काठमाडौं । सामूहिक बलात्कार गरी सामाजिक सञ्जालमा भिडियो राख्नेमध्ये एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले फरार कलामुद्दिन मुसलमानलाई सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए ।
बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताउनुभयो ।
तपाईको प्रतिक्रिया