लैङ्गिक हिंसाविरुद्धको अभियान भोलिदेखि सुरु

नारीकोसिस डटकम/मंसिर ८, काठमाडौं । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय महिला आयोगले अभियान शुरु गर्ने भएको छ ।
आयोगले आईतवार पत्रकार सम्मेलन गरी सो अभियानवारे जानकारी गराएको हो ।
अभिायन भोलि सोमवार काठमाडौंको भिटकुटीमण्डपबाट ¥याली कार्यक्रमसहित सो अभियान सुरु हुनेछ । कार्यक्रम विहान ७ वजेदेखि सुरु हुनेछ ।
महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले महिला आयोगले विगतदेखि महिलासँग सम्बन्धि विभिन्न कार्यक्रमहरु गदैै आईरहेको जानकारी गराउदै महिला हिंसाविरुद्धको यस महाअभियानमा मिडियाकर्मी, महिला अधिकारकर्मी, विभिन्न संघ–संस्था लगायत आम नागरिक तथा सम्पूर्ण सरोकारवालाहरु सो अभियानमा सहभागी भई अभियान सफल पार्न सवैमा अनुरोध समेत गर्नुभएको छ ।
समनताको पुस्ताः बलात्कार विरुद्धको एक्यवद्धता लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भन्ने मूला नारा अभियानको रहको छ ।
लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि शुरु भई डिसेम्बर १० सम्म १६ दिन हुन्छ ।
सो पत्रकार सम्मेलनमा आयोगको वार्षिक प्रगति विवरण समेत सार्वजनिक गरेको थियो ।
आयोगको वार्षिक प्रतिवेदन अनुसार महिला हिंसाका घट्नाहरु वढ्दै गईरहेको तथ्याङ्कले देखाउछ । सो घटनाहरु बढ्नुमा आर्थिक अभाव, सामाजिक संजाल, छोराछोरीविचको विभेद कारण पनि यस्ताहरु घटनाहरु बढेको सचिव काफ्लेलेको दावी छ । साथै उहाँका अनुसार उच्च वर्गमा पनि महिला हिंसा हुने गरेको छ ।
तपाईको प्रतिक्रिया