४५ औं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी अत्यन्तै जरुरी सूचनाः त्रिभुवन विश्वविद्यालय

नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते सोमबार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना गरिने तय भएको छ ।
उक्त दिनको कार्यक्रमका लागि सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
समारोहमा सहभागी हुने विद्यार्थीहरुले आ–आफ्नो गाउन–स्कार्फ, टोपी पहिरी बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र बसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्नेछ ।
विद्यावारिधि (ph.d) र दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरु सवैभन्दा अगाडी पट्टीको पङ्तिमा आफ्नो नाम तोकिएको सिटमा बस्नु हुनेछ । यस समारोहसँग सम्बन्धित अन्य विस्तृत कार्यक्रम निम्नानुसार हुनेछः
तपाईको प्रतिक्रिया