प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । पेटमा अत्याधिक दुखाईका कारण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएको छ ।
अस्पताल भर्ना भएपछि एपेन्डिसाइटिस भएको खुलेपछि तत्काल शल्यक्रिया गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया