महिलाहरुमा जुँगा आएको छ भने यसरी हटाउन सकिन्छ

निश्चित उमेर पुगेपछि पुरुषमा जुँगा आउनु स्वभाविक हो । तर महिलामा जुँगा आयो भने स्वभाविक मानिदैन । किनकि प्राकृतिक रुपमा महिला पुरुषमा हार्मोनहरु धेरै र थोरै मात्राको फरक हुन्छ । तर कतिपय महिलाहरुमा पनि जुँगा आइदिने गर्छ । जसलाई अपवादको रुपमा हुने गर्दछ । यसले महिलाको सुन्दरतामा ठुलो असर ल्याउँछ । महिलाको शरिरमा पुरुष हर्मन एन्ड्रोजन बढी भएमा यो समस्या देखिन्छ । यसलाई घरेलु उपचारबाट पनि हटाउन सकिन्छ ।
अन्डाको सेतो भाग एक चम्चा सेतो अन्डालाई एक चम्चा चिनी र एक चम्चा गहुँको पिठोमा मिसाएर बनाएको पेस्टलाई माथिल्लो ओठमा लगाएर आधा घन्टपछि सो पेस्ट उक्काउदा केही समय रौं आउनबाट रोक्न सकिन्छ ।
तपाईको प्रतिक्रिया