बैङ्कमा पनि पैसा सुरक्षित छैन !

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बैङ्कमा पनि पैसा सुरक्षित छैन !

Share

नारीकोसिस डटकम/मंसिर १२, काठमाडौं । बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस्  ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ ।

आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएमकार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान सुरु गरेको हो ।

जनता बैङ्कको न्युरोड शाखाबाट तीन पटक गरी उहाँको खाताबाट १९ लाख रुपियाँ झिकिएको छ । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ । यो घटनामा बैङ्कका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले घटनामा संलग्न छ जना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया