ह्योल्मो फाउण्डेसनको अगुवाइमा नव निर्मित एकीकृत नमुना बस्ती हस्तारण

नारीकोसिस डटकम/मंसिर १२, नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा न.२ स्योमखर्का गाउँमा माउन्टेन टु माउन्टेन स्वीजरल्याण्डको आर्थिक सहयोग तथा ह्योल्मो फाउण्डेसनको अगुवाईमा नव निर्मित एकीकृत बस्तीको उद्घाटन एंव हस्तान्तरण गरिएको छ ।
सो बस्ती उद्घाटन एंव हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले गर्नुभएको हो ।
सो उदुघाटन तथा हस्तारण कार्यक्रममा संघिय सांसद हितबहादुर तामाङ, पासाङ शेर्पा, ३ न.प्रदेशका उपसभामुख राधिका तामाङ, र प्रदेश सभा ३ का सदस्य निमा ह्योलमो लामा अतिथिको रुपमा उपस्थित थिए ।
भुकम्पबाट क्षतिग्रष्त भएका घरहरुलाई एकीकृत बस्ती बिकासको अवधारणामा निर्माण गरिएको सो बस्तीमा १७ वटा घरहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया