गजल

सायद मेरो निर्दोष आँशु केही बोल्दै थियो
सायद मनभित्र गुम्सिएका पिडाहरु केही खोल्दै थियो ।
आँखाले आँशु झार्दैं निभाउन आगो खोज्दै थियो
मन जलेको ज्वालाले मुटु पनि पोल्दै थियो ।
के भनुर उसलाई शब्दहरुमा पिडा लुकाएको थियो
परिस्थिति अनुसार उ आफूलाई बोलीमा लर्वराउदै थियो ।
अज्ञानी त मुर्ख बन्यो ज्ञानी मुर्ख बन्नु हुन्न थियो
कर्तव्य र वाध्यतालाई उ एकै ठाउँमा बाल्दै थियो ।
तपाईको प्रतिक्रिया