वालवालिकामा मोबाइलको लतः अभिभावकलाई तनाव

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
वालवालिकामा मोबाइलको लतः अभिभावकलाई तनाव

Share

नारीकोसिस डटकम । विश्व सूचना प्रविधिले फड्को मारिसकेको छ । यो फड्को सँगै अहिलेका वालिकामा पनि सूचना प्रविधिबको पुहुँच भएका कारण स्मार्टफोन, इन्टरनेटमा लत नै बसिसकेको छ । यसरी विस्तारै उनीहरुमा मोबाइलको लत बढ्दै जाने हो भने त्यसको प्रयोग विना बस्न नस्कने स्थितिमा त आउछ नै उनीहरुको भविष्यमा नकारात्मक असर नहोला भन्न सकिन्न ।

यदि तपाईको बच्चामा त्यो नगर भन्दा चिडचिडापन भएको व्यवहार देखाउँछन् भने भने बालबालिकालाई पनि इन्टरनेटको लत लागिसकेको छ भन्ने बुझ्नुपर्छ । यस्तो लतलाई हटाउनका लागि के गर्नुपर्छ भन्ने बारेमा केही जानकारी प्रस्तुत छ ।

उपाय
बालबालिकालाई मोबाइल अथवा इन्टरनेटबाट टाढा राख्नको लागि आमा–बुबाले पनि यी कुराहरुबाट टाढा रहनुपर्छ । बालबालिकाले कतै बाहिरी खेलकुदमा सहभागी हुनुपर्छ । यसबाहेक आमा–बुबाले पनि बालबालिकाको अगाडि मोबाइलबाट टाढा रहनुपर्छ । बालबालिकाले आफ्ना अभिभावकहरुबाट सिक्ने भएकोले यो कुरालाई ध्यानमा राख्नुपर्छ ।

समय
बालबालिकामा इन्टरनेटको लत छुटाउनका लागि आमा–बुबा र परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । आमा बुबाले धार्मिक कथाहरु साथै पुराना कुराहरु सुनाएर उनीहरुको ध्यान मोबाइलबाट हटाउन सकिन्छ । परिवारको सदस्यले उनीहरुलाई त्यस्ता कथाहरु सुनाउनुपर्छ । जसले केवल बालबालिकालाई प्रोत्साहित गर्ने मात्र नभएर सम्बन्धलाई पनि बलियो बनाउन सहयोग पुर्‍याओस् ।

खेलकुद तथा अन्य क्रियाकलाप
मोबाइलबाट बालबालिकालाई टाढा राख्नको लागि बाहिरी खेलकुदले अति नै सहयोग पुर्‍याउँछ । बालबालिकालाई ट्रेकिङ, लामो पैदल यात्रा, नयाँ खेल र अन्य गतिविधिहरुमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । घरबाट टाढा क्याम्पमा जानाले बालबालिकाको दिमाग र शरीरमा नकारात्मक असर पर्छ । बालबालिकामा खेलकुदको गहिरो प्रभाव पर्छ । उनीहरुलाई फुटबल, क्रिकेट, बास्केटबल, साइकल जस्ता खेलहरुका लागि उत्साहित गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया