१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् ।
३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए ।
यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।
उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया