सरकारी जागिरको अवसरः गृह मन्त्रालयले माग्यो ६ सय कर्मचारी

नारीकोसिस डटकम/मंसिर २३, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्ञिजकरण विभागले ठूलो संख्यामा कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ ।
सोमबार सूचना प्रकाशित गर्दै विभागले बिभिन्न ६ जिल्लामा गरी ६०० कर्मचारी माग गरेको हो ।
विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रमअन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि भन्दै सो संख्यामा कर्मचारी माग गरेको हो ।
विभागले झापामा १६४, ललितपुरमा ११७, कञ्चनपुरमा ९१, संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जना कर्मचारीको माग गरेको छ ।
हेर्नुस् सूचना
तपाईको प्रतिक्रिया