१० जनाले बनाएको पुलको नाम ‘दश भाई पुल’

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१० जनाले बनाएको पुलको नाम ‘दश भाई पुल’

Share

नारीकोसिस डटकम/मंसिर २४, काठमाडौं । दमौलीका दशजना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ ।

दमौलीका व्यवसायीहरु काशीराम श्रेष्ठ, बुद्धीराज मिश्र, तिलबहादुर थापा, निरबहादुर ठकुरी, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सुर्यबहादुर मल्ल र प्रकाश मल्लले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी पृथ्वीराजमार्गसगै र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गर्नुभएको हो।

१५ मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त पुल व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १० जना व्यववसायीको व्यक्तिगत लगानीमा निर्माण गरिएको कारणले उक्त पुलको नाम पनि दश भाई पुल राखिएको छ । गोराखपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया