पूर्व प्रधानमन्त्री नेपालद्वारा आफ्नो निर्वाचन क्षेत्र अन्तरगत कागेश्वरी सडक अनुगमन

नारीकोसिस डटकम/मंसिर २५, काठमाडौं । पूर्वप्रधान मन्त्री सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा भइरहेको सडक निर्माणको अनुगमन गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको सडक निर्माणको अनुगमनको क्रममा उहाँलेले कागेश्वरी मनोहरा ६ मा आफैं बसेर कालोपत्रे भइरहेको निरीक्षण गर्नुभएको थियो ।
नेपालसँगै नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापा पनि उपस्थिति हुनुहुन्थ्यो। सडक अनुगमनपछि नेता नेपालले विकास निर्माणको काममा कुनै सम्झौता नहुने बताउनुभयो । उहाँले विकास निर्माणको काम तिव्र गतिमा अघि बढीरहेको उल्लेख गर्दै राम्रो गर्नेलाई काममा सहयोग गर्ने आश्वासन दिनुभयो।
नेपाल सहित प्रदेश सांसद रामेश्वर फुयॉल र स्थानिय जनप्रतिनिधले ३० महिनामा कागेश्वरी मनोहरा नगरपालिकाले गरेका विकास निर्माण कामको वडा नं। १, २, ३ र ४ को अनुगमन गरि नगरवासीहरूसंग छलफल छलफल समेत गरिएको थियो ।
प्रदेश माननिय सांसद रामेश्वर फुयॉल र स्थानिय जनप्रतिनिध सहित ३० महिनामा कागेश्वरी मनोहरा नगरपालिकाले गरेका बिकास निर्माण कामको वडा नं। १,२,३ र ४ को अनुगमन गरि नगरवासीहरू संग छलफल गरियो ।
तपाईको प्रतिक्रिया