नेपाली खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा

नारीकोसिस डटकम/मंसिर २५, काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गर्नुभएको हो ।
स्वर्ण विजेता खेलाडीलाई जनही नौलाख, रजत जित्नेलाई छलाख र कास्य जित्नेलाई तीनलाख रुपियाँ दिने घोषणा गरिएको बक्सिङका स्वर्ण विजेता सनिल शाही खड्गीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया