उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात : देशभर चिसो बढ्ने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात : देशभर चिसो बढ्ने

Share

नारीकोसिस डटकम/मंसिर २६, काठमाडौं । बिहीबारदेखि मुलुकभर चिसो बढेसँगै पश्चिमको उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार साँझ पश्चिमी भू–भागबाट न्यून चापीय प्रणालीको प्रवेशका कारण केही भागमा हिमपातसहित मुलुकभर चिसो बढ्ने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार यो प्रणाली अझ सशक्त भएर देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमासमेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया