टाउको किन दुख्छ ?

नारीकोसिस डटकम । सामन्यतया कहिलेकाँही टाउको दुख्नु स्वभाविक हो । तर नियमित तथा सहनै नसक्ने गरी दुख्नु भनेको स्वास्थ्यमा केही गडबढी भएर हुन सक्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ ।
जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारे रोगमा पनि टाउको दुखाइ हुन्छ । छारे रोगको उपचारपछि टाउको दुखाइ पनि ठिक हुन्छ ।
नशाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नशा सम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ ।
डाक्टरका अनुसार मस्तिष्क भित्र रगत सञ्चार गर्ने नशा कुनै कारणले फुल्न थाल्छ तब टाउको दुखाइ अत्यधिक मात्रामा हुन्छ । जब अलिअलि गरी नसा समान्य अवस्थामा फर्किन थाल्छ त्यति बेला दुखाइ कम हुदै जान्छ ।
बावु आमालाई माइग्रेनको समस्या छ भने ५० प्रतिशत छाराछोरीमा यो समस्या देखा पर्ने हुन्छ । यसरी माइग्रेनलाई बंशाणुगत समस्याको रुपमा पनि हेरिन्छ भने कतिपय अवस्थामा महिलामा महिनावारी हुदाँ पनि यो समस्या हुने गर्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।
सामान्य उपचारपछि टाउको दुखाइ कम भएन भने चिकित्सकको सल्लाह लिनु नै उचित हो ।
धेरै मोबाइल, ल्यापटप, कम्प्युटर र टिभी एकोहोरो हेर्ने, जंकफुड जस्तै चाउचाउ, कुरमुरे, चिप्स जस्ता प्याकेटका खानेकुरा खाने , स्कुल छुटेपछि पानीपुरी र चटपटे खाने, धेरै रिस उठ्माने, सागसब्जी र फलफूल नखाने, राति ढिला खाना खाने र ढिला सुत्ने, पानी कत्तिको पिउने, अमिलो, चिल्लो र पिरो , कोल्ड ड्रिंक्स र तयारी पेयपदार्थका साथै चिया, कफी खाने, गृहकार्य र पढाइकोे तनाव इत्यादि अनुचित खाना, अनुचित विहार र गलत विचारका कारण पनि टाउको दुख्छ।
यस्ता छन् अन्य कारणहरु
१।चिन्ताः अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो (
चिन्ता) टेन्सनका कारणले हो ।
२.माइग्रेनः माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
३.पाचनमा समस्याः कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।
४.बोझः यदि तपाईले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।
५.हर्मोनः टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।
६.एलर्जीः कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
– टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने।
– धेरै दुखेको अवस्थामा आराममा बस्ने। धेरै हावा चल्ने, धेरै गर्मी र हल्ला हुने ठाउँमा नबस्ने।
– टाउको दुख्दा गर्मीले दुखेको हो कि चिसोले थाहा पाउने। गर्मीले दुखेको हो भने टाउकोलाई चिसो पानीले खलखल पखाल्ने र आराम गर्ने। चिसोले दुखेको हो भने निधार र टाउकोमा हातले सेक्ने।
–मन र शरीर दुवैलाई शान्त र आराम राख्ने। बिस्तारै गहिरो लामो श्वास तान्ने र बिस्तारै छोड्ने। यसरी गहिरो श्वास तान्दा शरीर भित्र सफा अक्सिजन प्रवेश गर्छ र रगत सफा हुन्छ।
–सहनै नसक्ने गरी दुखेमा वा धेरै गह्रो भएमा चिकित्सकको सल्लाह लिने।
तपाईको प्रतिक्रिया