प्रगतिशिल गीत गाएर तीज मनाउनुपर्छ : सरिता न्यौपाने

प्रतिनिधिसभा सदस्य संसद सरिता न्यौपानेले तीजमा प्रगतिशिल गीत गाएर, खुशी साटासाट, महिला अधिकार सम्बन्धी छलफल गरेर तिज मनाउन दिदिवहिनीहरुलाई आग्राह गर्नुभएको छ । जागरण महिला अभियान संजालले आयोजना गरेको तीजको शुभकामना आदनप्रदान कार्यक्रममा संसद न्यौपानेले महिलाहरुलाई संगठित गर्दै महिलाहरुलाई कानुनले कसरी संक्षण गरेको छ र कानुनमा महिला अधिकार सम्बन्धि के के कानुन उल्लेख गरिएको छ भन्ने विषयमा छलफल तथा अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको हो । उहाँले भन्नु भयो “तिजमा ब्रत वस्दा स्वास्थ्यलाई हानी नपु्याई बस्नुपर्छ, सकारात्क सन्देश प्रवाह हुने गरी तीज मनाउनुपर्छ, कानुनले महिलाहरुलाई जीम्मेवारी बनाउदै लगेको अवस्था छ, त्यसैले महिलाहरुले आफैले पनि महिनावारी छुवाछुत, दाईजोप्रथा विरुद्ध आवज उठान आवश्यक रहेको छ ।”
महिला संजालले मिलीलजुली आमा समूहलाई आन्तरिक क्रियाकलापमा क्रियाशिल रहेको भन्दै सम्मान गरेको छ । कार्यक्रममा विभिन्न माहिला समूहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया