उदयपुरमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ५ जना घाइते

नारीकोसिस डटकम/पुस ३, उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ।
जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमै मृत्यु भएको हो।
भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा बिहान ७ः३० बजे जीप दुर्घटनामा परेको जनाइएको छ। सो दुर्घटनामा ५ जना घाईते भएका छन्।
तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ।
तपाईको प्रतिक्रिया