६० जिल्लामा टेलिकमको फोरजी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
६० जिल्लामा टेलिकमको फोरजी

नारीकोसिस डटकम/पुस ६, काठमाडौं ।  गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ ।

टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ ।

नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत माघ २० गते नयाँ सम्झौता गर्दै फोरजी विस्तारलाई गति दिएको थियो ।

देशैभर फोरजी विस्तार गर्ने परियोजना अन्तर्गत अहिले तीव्ररूपमा नयाँ टावरमा यो सेवा जडान गर्ने काम भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया