मौसमः काठमाडौं उपत्यकामा आज वर्षकै चिसो, तापक्रम २.९ डिग्री

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मौसमः काठमाडौं उपत्यकामा आज वर्षकै चिसो, तापक्रम २.९ डिग्री

नारीकोसिस डटकम/पुस ९, काठमाडौं । उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री हुँदा सोही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको हो ।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३।२ मापन भएको थियो ।

महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३।५ छ ।

त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६।५ तथा धनकुटा र डडेल्धुराको समान ६।८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।

तपाईको प्रतिक्रिया