शान्ति महिला समूहद्वारा निलसागर सेवा केन्द्रलाई खाद्यन्न सहयोग

नारीकोसिस डटकम/पुस १३, काठमाडौं । शान्ति महिला समूहले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र दाङलाई खाद्यन्न सहयोग गरेको छ ।
राप्ती गाउँपालिका १ भालुबाङका महिला समुहका अध्यक्ष गोमाया केसि, अन्जु बिष्ट,दिपा केसि लगायत सम्पूर्ण सदस्यहरुवाट बेसहारा ,अशहाय तथा अशक्तहरुका लागि दाल, चामल, बिस्कुट, फलफूल, चिनी, चियापत्ति इत्यादि प्रदान गरी सहयोग गरेको हो ।
निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता निलसागरले सो सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।
निलसागर सेवा आश्रमले विभिन्न कारणले घरपरिवारविहिन भएका वा वेवारिसे रुपमा सडकपेटीमा बस्न बाध्यभएकाहरुको उद्धार गरी उनीहरुको सेवा तथा संक्षण गर्दै आईरहेको छ । साथै पारिवार खोजतलास गरी परिवासँग पुर्नरमिलन समेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया