साङ्लाको सर्जरीः आमा र बच्चा दुवैको ज्यान बचाएको भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । साङ्लाको सर्जरी अर्थात शल्यक्रिया गरेर गर्भवती आमा र बच्चा दुवैको ज्यान बचाइको छ । उसलाई आइसियुमा राखेर उपचार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो घटना साइबेरियाको हो । साइबेरियाको क्रास्नोयास्र्कमा बस्ने एक व्यक्तिले कक्रोज पालन गरेका छन् । यो कक्रोज गर्भवती थियो । तर यसको अण्डा अन्तिम समयमा बाहिर निस्किन सकेको थिएन ।
अवस्था राम्रो नदेखेपछि मालिक समस्यामा परे । उनले तत्काल भेटेरिनरी अस्पतालमा यसलाई लैजाने निर्णय गरे । भेटेरिनरी चिकित्सकले तत्काल कक्रोजको उपचार सुरु गरे ।
पाल्तु पोथी कक्रोजले आफ्नो फुल बाहिर निकाल्न सकेको थिएन । लामो समयदेखि यो समस्यामा थियो । चिकित्सकले उपचारका क्रममा सुरुमा बेहोस पार्ने औषधि दिए ।
कक्रोजको लोकल एनिस्थेसिया र दुखाइ कमगर्ने औषधि पनि थिइयो । त्यसपछि उसको अण्डा निकालियो । केही सयम ढिला भएको भए इन्फेक्सनको सम्भावना बढी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
केही समय ढिला भएको भए आमा र फुलमा रहेका बच्चा मर्ने थिए । तर अण्डा निकाल्ने बित्तिकै कक्रोज सामान्य भयो । ऊ चल्न थाल्यो ।
जब कक्रोज चल्न थाल्यो, तब यसका मालिक भावुक भए । यो पुरै शल्यक्रियाको भिडियो पनि तयार थियो ।
सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल बनेको छ । यस्तो घटना संसारमै नौलो र पहिलो हुनसक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
https://www.rt.com/russia/476756-russia-veterinarians-cockroach-surgery/
तपाईको प्रतिक्रिया