प्रेमीले अस्पतालमा भेट्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् ‘हेभी मेकअप’

एजेन्सी । अस्पतालमा भर्ना हुनु भनेकै तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । अस्पतालमा भर्ना भएको ब्यक्ति सुन्दर देखियोस् भन्ने चाहना त कसैले राखेको हुँदैन । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर अस्पताको वेडमै यस्तो हेभी मेकअप गरेकी छन् की उनको तस्बिर देख्नेहरुले अनौठो भनेर प्रतिकृया दिएका छन् । प्रेमिका अस्पतालमा भर्ना भएको थाहा पाएपछि प्रेमीले उनलाई भेट्न आउँछु भने, उनले हतारहतार मेकअप गरेकी छिन् ।
चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा पनि त्यो कुरा शेयर गरिन् । उनले निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् ’
प्रेमीले आफूलाई नराम्री नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् तर तयार भइन् । उनका ति तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको छ । तस्बिर हेर्नेहरुले यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना पनि गरेका छन् । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने भन्दै धेरैले टिप्पणी गरेका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् । तर कतिपयले भने उनीप्रति सहानुभुती पनि राखेका छन् । कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया