जीवन प्रकृतिले सिकाउछ

शिशिरमा उजािडएको रुखले
बसन्तको पर्खाइ बुझछ
जव डकमक्क पालुवा भरिन्छ
तव आफू नाङ्गिएको शरीरमा
पालुवाका स्पर्सहरु जताततै छरिन्छ,
आहा !
हागा रुख र पातका खुसिहरु
एक अर्कामा कति अन्योन्याशृत रहन्छ
पातले ताप सहन्छ
तर फेदमा उस्को शितलुको
आभाष बहन्छ,
पातले बर्षाको पानी सहन्छ
तर फेदलाई उस्ले चिसो
नबनाउको आशामा रहन्छ,
पातले अधेरिमा जुन र ताराहरु सङ
लुकामारी खेल्दै खाना बनाउछ
मानौ उ घरकी गृहिनी झै हुदै
जरा सम्म आफ्नो धर्म निभाउछ
शिशिरमा उजादिन्छ रुख तर पनि
जरा यथास्थान रमाउछ ।
तपाईको प्रतिक्रिया