सुनको भाउ तोलाको ७५ हजार ५०० पुग्यो

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सुनको भाउ तोलाको ७५ हजार ५०० पुग्यो

Share

नारीकोसिस डटकम/पुस २०, काठमाडौं । सुनको भाउ आइतबार ७५ हजार ५०० सय पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मुल्य हो ।

सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको होे । यसअघि शुक्रबारपनि सुनको भाउ तोलाको एक हजारका दरले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७५ हजार २०० र चाँदीको मुल्य नौ सयमा कारोबार भएको छ । चाँदीको मुलय भने नबढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया