माघ १ गते सातविसेमा गोरु जुधाई मेला हुने

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
माघ १ गते सातविसेमा गोरु जुधाई मेला हुने

Share

नारीकोसिस डटकम/पुस २५, नुवाकोट । तादी गाउँपालिका वडा नं. ४ सातविसेमा गोरु जुधाई मेला आयोजना हुने भएको छ ।

नुवाकोट जिल्लाको तारुका, बेत्रावती, घलेभञ्याङ, लिखुको कट्टिछापमा प्रत्येक वर्ष माघ १ गते माघे संक्रान्तिका दिन गोरु जुधाई मेला  हुँदै आएको छ ।

सोही  मेलालाई निरन्तरता दिदै सातविसेमा पनि यस वर्षबाट गोरु जुधाई मेला आयोजना गर्न लागेको हो ।

स्थानीयको सक्रियता र सोही गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको सो मेलाले आगामी दिनहरुमा पनि निरन्तरता पाउने आयोजकले विश्वास लिएको छ ।

कार्यक्रममा प्रतिस्पर्धा गर्न स्थानीय किसानहरुले गोरु दर्ता सुरु गरेको आयोजकले जनाएको छ ।

मेलालाई सव्य र भव्यताका साथ सफल बनाउन उपस्थितिको लागि सम्पूर्णमा आयोजकले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया