सुनको भाउ घट्यो, आज कतिमा कारोबार हुदैछ ?

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सुनको भाउ घट्यो, आज कतिमा कारोबार हुदैछ ?

Share

नारीकोसिस डटकम/पुस २५, काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक हजार रुपियाँले घटेरर प्रतितोला ७४ हजार छ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार तीन सय रुपैयाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार ९६० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ७०५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपैयाँ कायम गरेको छ ।

तपाईको प्रतिक्रिया