माघ १ गते चिलाउनेको धनेश्वर माहादेव मन्दिरमा दुई दिन मेला लाग्ने

नारीकोसिस डटकम/पुस २६, नुवाकोट । तादी गाउँपालिका वडा नं. २, रालुका चिलाउनेगाउँ स्थिति धनेश्वरमहादेव मन्दिरमा मेला लाग्ने भएको छ ।
हरेक वर्ष माघ १ गते माघेसंक्रान्तिका दिन लाग्ने ऐतिहासिक मेलामा दुईदिनसम्म विविध कार्यक्रम सञ्चालन हुने भएको हो ।
माघेसंक्रान्तिका दिन लाग्ने विशेष मेला माघ १ र २ गतेसम्म संचालन हुने सो मेलामा झाक्री तथा ढ्याङ्ग्रे नाच, मादी तथा लिप प्रज्वलन, स्थानीय लोक एंव ठाडे गीत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
सो मेलामा सहभागी एंव महादेव मन्दिरको दर्शन गरी धार्मिक पुण्य लाभ लिनुहुन सम्मूर्ण भक्तजनहरुमा उपस्थितिको लागि मेलाको मूल आयोजक समितले अनुरोध समेत गरेका छन् ।
हिन्दु र बौद्ध धर्मावलम्बिहरुको संगम तीर्थस्थलको रुपमा समेत रहँदै आएको यस मन्दिरमा वर्षेनी मेला लाग्ने गर्दछ ।
हरेक वर्ष माघेसंक्रान्तिका दिन सवैभक्तजनहरुले पुजा गर्ने र बौद्ध धर्मावलम्बीहरु परम्परागत पोशाकमा झाँक्री बनेर उक्त स्थलमा पुग्ने गरेका छन् ।
जिल्लाको विभिन्न प्रसिद्ध धार्मिक स्थलहरुमध्येको धनेश्वर महादेव मन्दिरलाई पनि धार्मिक पर्यटकिय तिर्थस्थलको रुपमा विकास गर्न सके धार्मिक, साँकृतिक सम्पदाको जगेर्ना एंव राष्ट्रिय पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया