SSDRC को भवन निर्माणको लागि समाजसेवी तथा व्यवसायी कुमार गिरीद्वारा २ लाख सहयोग

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
SSDRC को भवन निर्माणको लागि समाजसेवी तथा व्यवसायी कुमार गिरीद्वारा २ लाख सहयोग

Share

नारीकोसिस डटकम पुस २८, काठमाडौं । नुवाकोट घर भई हाल अष्ट्रेलिया सिड्नी बस्ने ब्यवसायी तथा समाजसेवी कुमार गिरीले इन्द्रेणी सांस्कृतिक कार्यक्रम मार्फत विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को भवन निर्माणका लागि २ लाख सहयोग गरेका छन् । इन्द्रेणी कार्यक्रममा उहाँ र उहाँको धर्मपत्नी हिरा गिरि तर्फबाट SSDRC को भवन निर्माणको लागि सो रकम सहयोग गरेका हुन् ।

समाजसेवी कुमार गिरीले वर्षेनी नेपाल आएर सामाजिक कार्यहरुमा सहयोग गर्दै आउनु भएको छ । गतवर्ष मात्र देवघाटमा आश्रम निर्माणको लागि सहयोग गर्नुभएको थियो । उहाँले सामाजिक क्षेत्रमा धेरै सहयोग गर्दै आउनु भएको छ ।

उहाँको स(परिवार नेपाल आउनुभएको समयमा आज इन्द्रेनीको कार्यक्रम मार्फत क्क्म्च्ऋ को अध्यक्ष सबिता उप्रेतीलाई सो सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रका अध्यक्ष सबिता उप्रेतीले बिदेशको ठाउँमा दुख गरेर कमाएको कमाईबाट गाँस काटेर गर्नुभएको यति ठूलो सहयोग, यो महान् परोपकारी भावना तथा हौसलाको लागि उहाँहरु दुबै प्रती हार्दिक नमन सहित मुरि मुरि धन्यवाद प्रकट गर्दछौं ।

उहाँहरुको यो सहयोगको उच्च मुल्यांकन गर्दै SSDRC को भवनमा उहाँहरुको ३ पुस्ते सहित शिलालेखमा नाम रहने छ भने उहाँहरु दुबै जना संस्थाको आजीवन सदस्य पनि रहनुहुनेछ र संस्थाको आधिकारिक वेबसाईट र स्मारिकामा पनि उहाँको फोटो सहित नाम रहनुको साथै संस्थाको भवनको समुदघाटनमा संस्थाले दोसल्ला सहित विशेष सम्मान पनि गर्नेछ ।

तपाईको प्रतिक्रिया