कागेश्वरीको वडा नं ९ र ७ को सिमानामा ढल व्यवस्थापनः किसानहरुलाई राहत

नारीकोसिस डटकम/माघ २, काठमाडौं । कागेश्वरी मनोहरा गनरपालिलका वडा नं. ९ र ७ को सिमानामा पर्ने प्रभाग मार्ग (खहरे) मा ढल व्यवस्थापन तथा निर्माण कार्य भईरहेको छ ।
दुबै वडाको पहल एंव नगरपालिकाको सहयोगमा ढल ब्यवस्थापन तथा निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको ९ नम्वर वडाका वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिनुभयो ।
सो स्थानमा स्थानीयवासी तथा किसानहरुले दशौ बर्ष देखि ब्यक्तिको जग्गाबाट ढल फुटी बालिनाली लगाउन कठिनाइ एंव ढलका कारण विविध समस्या भोगेरहेका छन् ।
सो ढल व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न पश्चात स्थानीयवासी एंव किसानहरुले राहत महसुस गर्नेछन्
तपाईको प्रतिक्रिया