पाठेघर खस्नुको मुख्य कारणहरु  

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
पाठेघर खस्नुको मुख्य कारणहरु  

Share

नारीकोसिस डटकम ।  भारी बोक्ने उकालो–ओरालो बढी हिड्ने हुँदा पेटमा समस्या हुन सक्छ । गर्भावस्थामा प्रजनन् अङ्गमा असर हुने हुँदा पाठेघर लुज भएर जान्छ र पाठेघरलाई अरू तन्तुहरूले जोडेर राखेको हुन्छ । ती तन्तुहरुको सर्पोट कम भएमा लुज भएर पाठेघर ठाउँ छोडेर तल झर्नुलाई , पाठेघर खस्नु भन्छिन् । यो समस्या सवैमा हुन्छ भन्ने हुदैन । तर कसैलाई धेरै हुन्छ भने कसैले कम हुन्छ ।

पाठेघर खस्ने अवस्थालाई मेडिकल भाषामा ‘पेल्भिक अर्गान प्रोल्याप्स’ भनिन्छ । चिकित्सकहरूको भनाइ अनुसार यो समस्या जुनसुकै उमेर समूहको महिलामा देखा पर्न सक्छ । सन् २००६ को यूएन एफपीएको अध्ययन अनुसार नेपालमा ६ लाख महिला यो समस्या रहेको देखाएको थियो  । अझै पनि यो समस्या झन् बढ्दै गइरहेको छ ।

पाठेघर खस्नुको मुख्य कारणहरु निम्नासार छन्ः  

–  गर्भवती तथा सुत्केरी समयमा भारी– गह्रौँ सामान बोकेमा ।

– सन्तानको जन्मान्तर कम भएमा ।

– धेरै बच्चा जन्माउनु ।

– धेरै पटक गर्भपतन गरेमा ।

– कम उमेरमै बच्चा जन्माउनु।

–  प्रसव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी  थिच्नु।

– अस्पतालमा सुत्केरी नगराउनु इत्यादि पाठेघर खस्नुका मुख्य कारणहरू हुन् । त्ससैले महिलाहरुले विवाह पश्चात यी माथिका कुराहरुमा ध्यान दिन जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया