चिसो भाइरस वा ब्याक्टेरियाको संक्रमण भन्ने पत्ता लगाएपछि मात्र एन्टीबायोटिकको प्रयोग गर्नु उचित हुन्छ

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
चिसो भाइरस वा ब्याक्टेरियाको संक्रमण भन्ने पत्ता लगाएपछि मात्र एन्टीबायोटिकको प्रयोग गर्नु उचित हुन्छ

Share

जाडोको महिनामा विभिन्न प्रकारका फ्लुका जिवाणुहरू हावामा सक्रिय हुने हुँदा केटाकेटी र वृद्धहरूलाई विशेष ख्याल राख्नु पर्दछ ।

रुघा लाग्ने र खोकी लाग्न थाल्यो भने चिसोमा सक्रिय भएको जिवाणुले सताएको बुझ्नु पर्छ । तर, यसरी सताउन आइपुग्ने जिवाणु ब्याक्टेरिया हुन् कि भाइरस भनेर चिन्न आवश्यक हुन्छ ।

चिसो लाग्नसाथ एन्टिबायोटिकको प्रयोग गर्नु उचित हुँदैन । तर, चिसो भाइरसको हो वा ब्याक्टेरियाको संक्रमण भन्ने पत्ता लगाएपछि मात्र एन्टीबायोटिकको प्रयोग गर्न उचित हुन्छ ।

कहिलेकाँही भाइरस तथा ब्याक्टेरियाको संक्रमणका लक्षणहरू उस्तै हुन्छन् । त्यसैले यिनीहरूले झुक्याउन सक्छन् । तर, यी दुवैको उपचार गर्ने पद्दति भने फरक हुन्छ । जाडो बेलामा सताउन आइपुग्ने जिवाणु बढीजसो त भाइरस नै हुन्छन् ।

भाइरल संक्रमणलाई औषधिले निको पार्दैन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनेहरूलाई रोगले छोडेर जान्छ । तर, रुघाखोकीको ज्वरो सामान्यभन्दा बढी छ भने सतर्क हुन जरुरी हुन्छ । त्यतिबेला भाइरल संक्रमण नभई ब्याक्टेरियाको हुन सक्छ र यस्तो समयमा एन्टिबायोटिकहरूको प्रयोग गर्नुपर्ने हुन्छ । तर, एन्टिबायोटिकको प्रयोग कम खतरनाक भने छैन ।

एन्टिबायोटिकको अनावश्यक प्रयोगले ब्याक्टेरियालाई झन् बलियो बनाउने गर्छ । उनीहरूमा पनि औषधिलाई प्रतिरोध गर्ने क्षमता बढ्न थाल्छ जसले गर्दा एन्टिबायोटिकहरू कम प्रभावकारी वा अप्रभावकारी हुँदै जान्छन् ।

त्यतिमात्र नभएर एन्टिबायोटिकले शरीरमा चाहिने ब्याक्टेरियाहरू पनि नास गरिरहेका हुन्छन् । एन्टिबायोटिकको उच्च प्रयोगले आन्द्रामा हुने राम्रा ब्याक्टेरियाहरूलाई मार्ने हुँदा यसले पेट र आमाशयमा गडबडी निम्त्याउँछ ।

चिसोमा प्रयोग गरिने एन्टिबायोटिकले खासगरी पिनास तथा श्वासप्रश्वासमा संक्रमण गराउने ब्याक्टेरिया मारेर पाचन प्रणालीमा असर पु¥याउँछ । त्यसैले चिसो लाग्नसाथ रोग र कारण पहिचान नगरी एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन

तपाईको प्रतिक्रिया