केही नगरेसम्म केही हुदैन: प्रेरक भनाईहरु

प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैसँग भन्छु, मसँग आजको दिन खुसी हुनेकी दुःखी हुने भन्ने शक्ति छ । मैले यि दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोली अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ आज । र म यसलाई खुसीले रंगाउन गइरहेको छु । –ग्रुसो मार्स
जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् । –जर्ज बर्नाड शा
सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस । –रोबर्ट सर्चलर
केही नगरेसम्म केही हुदैन । –अल्बर्ट आइन्स्टाइन
पिडा अस्थाइ हुन्छ तर हार हुदैन यसर्थ पिडा सह तर हार नमान । –लेन्स आर्मस्ट्रङ
तिमी त्यो जिन्दगी बाँच जुन तिमी चाहन्छौ । –पिकासो
तिमी खुसी हुन चाहन्छौ भने, हुन सक्छौ । – लियो टोल्स्टाय
अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ । –सिअस
मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो । –चिनिया कहावत
लामो कालो रात पछि नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो । –अंग्रेजी कहावत
यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ । –अफ्रिकन कहावत
तपाईको प्रतिक्रिया