सुनको भाउ फेरी बढ्यो ।

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सुनको भाउ फेरी बढ्यो ।

Share

नारीकोसिस डटकम/माघ ९, काठमाडौं । सुन चाँदीको मूल्य आज पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे ।

अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रु. पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ५५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया